प्रदेश १ : २३ गते प्रदेशसभा बैठक बस्दै

काठमाडौं । प्रदेश नं. १ को प्रदेशसभा बैठक आउँदो चैत २३ गते बस्ने भएको छ ।

प्रदेशसभा सचिव गोपाल प्रसाद पराजुलीले दिएको जानकारीअनुसार यसअघि अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित भनिएको बैठक २३ गते दिउँसो २ बजे बस्न लागेको हो ।

यसअघि गत फागुन ११ गते बसेको सभाको बैठकले संसदीय दलको विधान पारित गरेको थियो भने संसदीय बोर्ड गठन गरेको थियो । यसैगरी दलका नेता तथा मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्तावको हस्ताक्षर एक हप्ताभित्र फिर्ता लिन सांसदहरुलाई निर्देशन दिएको थियो ।

प्रतिक्रिया