पत्रकार महासंघको अध्यक्षका लागि पाँच जनाको उम्मेदवारी

काठमाडौं । नेपाल पत्रकार महासंघको आगामी चैत २५ गते हुने निर्वाचनमा अध्यक्ष पदका लागि पाँच जनाको उम्मेदवारी परेको छ । निर्वाचन समितिकाअनुसार अध्यक्षका लागि विपुल पोखरेल, गजेन्द्रसिंह बुढाथोकी, दिपक पाठक, निर्मला शर्मा र रामप्रसाद दाहालले उम्मेदवारी दर्ता गराएका हुन् ।

नेपाल प्रेस युनियन, प्रेस संगठन नेपाल र प्रेस चौतारी नेपालको एक पक्षसहित ११ वटा संगठनको गठनबन्धनबाट पोखरेलले उम्मेदवारी दिएका हुन् । यस्तै प्रेस चौतारी र पत्रकार मञ्चका तर्फबाट निर्मला शर्माले उम्मेदवारी दिएकी छन् । रामप्रसाद दाहाल, गजेन्द्रसिंह बुढाथोकी र दीपक पाठकले पनि स्वतन्त्र रुपमा अध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन् । उनीहरुले महासंघलाई राजनीतिक दलको कब्जामा जान नदिने भन्दै उम्मेदवारी दिएको बताएका छन् ।

यसैगरी वरिष्ठ उपाध्यक्षमा ध्रुव लम्साल, माधव नेपाल, रमेश विष्ट र रामजी दाहालले उम्मेदवारी दर्ता गराएका छन् । विष्टलाई ११ वटा संगठनको गठबन्धनले उम्मेद्वार बनाएको हो भने नेपाला चौतारी र मञ्चका उम्मेदवार हुन् ।

यसैगरी महासचिवमा बालकृष्ण बस्नेत, रोसन पुरी, राजेश मिश्र र सुबोध गौतमले उम्मेदवारी दर्ता गरेको महासंघले जनाएको छ । बस्नेत चौतारी मञ्च गठबन्धन र पुरी ११ संगठनको तर्फबाट उम्मेदवार बनेका हुन् ।

यस्तै महिला उपाध्यक्षमा दाना सुवेदी र बाला अधिकारीको उम्मेदवारी परेको छ । समावेशी उपाध्यक्षतर्फ अवधेश झा, उदय जीएम, मोहनकुमार सिंह, रेमबहादुर विश्वकर्मा र शीतलप्रसाद महतोले उम्मेदवारी दर्ता गराएका छन् ।

महासंघको नयाँ सचिवका लागि गोविन्द चौलागाईँ, यमप्रसाद शर्मा ९यम विरही०, नकुल अर्याल, रामकृष्ण ज्ञवालीले उम्मेदवारी दिएका छन् ।

यस्तै लेखासमिति संयोजकमा लक्ष्मण कार्की, लेखनाथ न्यौपाने र द्वारिकाप्रसाद काफ्लेले उम्मेदवारी दिएका छन् । महासंघको जिल्ला, प्रदेश र केन्द्रको नयाँ नेतृत्वका लागि २५ गते चुनाव हुँदैछ । यसपटकदेखि महासंघका सम्पूर्ण सदस्यले मतदान गर्न पाउने व्यवस्था छ ।

अन्य पदको लागि क–कसले दिए उम्मेदवारी ?

प्रतिक्रिया