म्यान्मारमा रोकिएन रक्तपातः एकैदिन ११४ मारिए

काठमाडौँ । म्यान्मारमा शनिबार सैनिक कूविरुद्ध प्रदर्शनमा उत्रिएका कम्तीमा ११४ जना मारिएका छन् । प्रदर्शनका क्रममा सुरक्षाकर्मीले गोली चलाउँदा कम्तीमा ११४ जनाको मृत्यु भएको हो ।‘म्यान्मार नाउ’ अनलाइनले उल्लेख गरेअनुसार शनिबार सेनाको बल प्रयोगका कारण अहिलेसम्मकै ठूलो संख्यामा मानिस मारिएका हुन् । प्रदर्शनका क्रममा २० जनाभन्दा बढी बालबालिका मारिएका छन् भने हालसम्म मारिएकाको संख्या ४ सय नाघेको छ ।

सेना प्रमुख मीन ह्यालिङले सशस्त्र फौज दिवसका क्रममा टेलिभिजनमार्फत सम्बोधन गर्दै देशमा निष्पक्ष चुनाव गर्ने प्रतिबद्धता दोहोर्‍याएका छन् तर उनले चुनावको मितिबारे केही उल्लेख गरेनन् ।सोही दिन ठूलो संख्यामा प्रदर्शनकारीको हत्या भएको हो । अमेरिका, बेलायत तथा युरोपेली युनियनका अधिकारीहरुले हिंसाको निन्दा गरेका छन् ।

  • तस्बिर : रोयटर्स
प्रतिक्रिया