तीन वटै फम्र्याटको सिरिज जित्ने भारतलाई अवसर

काठमाडौं । घरेलु टिम भारतले इंग्ल्यान्डविरुद्ध टेष्ट क्रिकेट र टि-२० क्रिकेट सिरिजको शृंखला आफ्नो पक्षमा पारिसकेको छ । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको अन्तिम खेल जित्दै भारतलाई तीन वटै सिरिज आफ्नो पक्षमा पार्ने राम्रो अवसर छ ।

तीन खेलको एकदिवसीय क्रिकेट सिरिजमा भारत र इंग्ल्यान्डले १-१ को बराबरीमा खेलेको छ । आज हुने अन्तिम खेलमा दुबै टिम खेल जिल्दै सिरिज आफ्नो पक्षमा पार्ने दाउँमा हुनेछन् । पहिलो खेलमा भारतले इंग्ल्यान्डलाई ६६ रनले हराएको थियो । तर दोस्रो खेलमा भने इंग्ल्यान्डले भारतलाई ६ विकेटले पराजित गर्न सफल भयो ।

महाराष्ट्र क्रिकेट एसोसिएसन रंगशालामा हुने दिउँसो १ः४५ बजे इंग्ल्यान्ड र भारतबीचको खेल सुरु हुँदैछ । विश्वकप विजेता इंग्ल्यान्ड एकदिवसीय क्रिकेट सिरिज जित्दै आफ्नो शाख जोगाउन चाहन्छ । तर भारत भने एकदिवसीय सिरिज पनि जित्दै तीन वटै फम्र्याटको शृंखला आफ्नो पक्षमा पार्ने लक्ष्यमा छ । यसअघि भारतले पाँच खेलको टि-२० क्रिकेट सिरिज ३-२ ले जितेको थियो । त्यस्तै, चार खेलको टेष्ट क्रिकेट सिरिज पनि भारतले ३-१ ले जितेको थियो ।

प्रतिक्रिया