प्रचण्डलाई ठाकुरले झपारे– तपाईँको पीडा सरकारको लागि, हाम्रो अधिकारको लागि

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले संविधानमा देश बहुभाषिक र बहुजातीय भनेपनि एउटै भाषा र एउटै भेष रहेको बताएका छन् । शनिबार बृहत् नागरिक आन्दोलनले काठमाडौंमा आयोजना गरेको अन्तरक्रियात्मक कार्यक्रममा ठाकुरले यस्तो बताएका हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सबैभन्दा धेरै समर्थन माओवादी केन्द्रले गरेको बताएका ठाकुरले भनेका छन्, ‘तर, दोष हामीमाथि छ ।’ यसैबिच ठाकुरले आफूहरुले माओवादी केन्द्र र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को विरोध नगरेको बताए ।
आफूले ओलीलाई भेटेर ‘तपाईँको विरुद्धमा छैनौँ’ बाहेक केही नभनेको स्पष्टोक्ति दिएका ठाकुरले प्रचण्डलाई प्रश्न गर्दै भने, ‘कुन ठाउँमा हामीले तपाईँको विरोधमा गएका हौँ ? तपाईँको र हाम्रो पीडा फरक रहेको छ । तपाईँको पीडा सरकारको लागि हो भने हाम्रो पीडा अधिकारका लागि हो ।’

त्यसभन्दा अगाडि प्रचण्डले आफूहरु र मधेशी दलबिच सहकार्यको जरुरी रहेको बताउँदै आफू सधैं पहिचान र अधिकारको पक्षमा रहेको बताएका थिए ।

प्रतिक्रिया