‘संगठनबाट खुट्टा कमाएर भाग्नुपर्ने अवस्था आएको छैन’

काठमाडौं । विपक्षी एमालेका नेता माधवकुमार नेपालले पार्टी संगठनभित्र खुट्टा कमाए भाग्नुपर्ने अवस्था आइनसकेको बताएका छन् । शनिबार बृहत् नागरिक आन्दोलनद्वारा आयोजित अन्तरक्रियात्मक कार्यक्रममा सवाल जवाफ गर्दै नेता नेपालले यस्तो बताएका हुन् ।

अझैसम्म आफ्नो खुट्टा दह्रै रहेको बताउँदै नेता नेपालले भनेका छन्, ‘नारायणजी (नारायण वाग्ले) ले नागरिक आन्दोलनमा आउन त भन्नुभएको छ । तर अझै उमेर भइसकेको छैन । पार्टी संगठनबाट खुट्टा कमाएर भाग्नुपर्ने अवस्था आइसकेको छैन । खुट्टा अझै तगडै छन् ।’

प्रतिक्रिया