एकदुई दिनमै सरकारको समर्थन फिर्ता लिन्छु, राजनीति जतासुकै जाओस् : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूमाथि सरकारलाई दिएको समर्थन फिर्ता नलिनु भनि दबाब आइरहेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित बृहत् नागरिक आन्दोलन अन्तरक्रियात्मक कार्यक्रममा सवाल जवाफ गर्दै अध्यक्ष प्रचण्डले संसद् विघटनलाई असंवैधानिक भनेर सडकमा आएका दलहरुबाटै हतारमा समर्थन फिर्ता नलिन आफूमाथि जबरजस्त दबाब आएको बताएका हुन् । ‘हत्त र पत्त समर्थन फिर्ता नलिनु है भनेर दबाब छ ममाथि,’ अध्यक्ष प्रचण्डले भनेका छन्, ‘संसद् विघटनलाई असंवैधानिक भन्ने दलहरुबाटै यस्तो दबाब आएको छ । अहिले नाम चाहिँ म लिन्न । तर, जबरजस्त नै छ ममाथि ।’

आफूले नैतिक र राजनीतिक रुपमा धेरै पर्खिन नसक्ने बताउँदै अध्यक्ष प्रचण्डले थपेका छन्, ‘ अब म धेरै दिन पर्खिन सक्दिन । एक दुई दिनमै फिर्ता लिन्छु ।’

प्रतिक्रिया