भारतमा कोरोना तीव्र, एकैदिन ६० हजार बढीमा पुष्टि

काठमाडौं । भारतमा दोस्रो लहरअन्तर्गत कोभिड-१९ को संक्रमण तीव्र भइरहेको छ । त्यहाँ शुक्रबार ६० हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको हो ।

५ महिनापछि भारतमा एकैदिन यो संख्यामा संक्रमण देखिएको हो । पछिल्लो २४ घण्टामा भारतमा कोरोनाले थप २ सय ८९ जनाको मृत्यु भएको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ६० हजार ९ सय नाघेको छ ।

भारतमा कोरोना संक्रमितको संख्या १ करोड १८ लाख ४६ हजारभन्दा बढी पुगेको छ भने संक्रमण पुष्टि भएकामध्ये १ करोडभन्दा बढी निको भएका छन् । खोप अभियानलाई भारत सरकारले तीव्रता दिए पनि संक्रमण भने कम भएको छैन । त्यहाँ अहिलेसम्म ५ करोड ८१ लाखभन्दा बढीले कोरोना खोप लगाइसकेका छन् ।

प्रतिक्रिया