भारतविरुद्ध इंग्ल्यान्डको जित

काठमाडाैँ । भारतविरुद्धको ३ खेलको एकदिवसीय सिरिजमा इंग्ल्याण्डले कमब्याक गरेको छ । इंग्ल्यान्डले घरेलु टिम भारतविरुद्धको दोस्रो एकदिवसीयमा शानदार जित निकालेको छ ।

पुनेमा शुक्रबार भएको खेलमा इंग्ल्यान्डले ६ विकेटको जित निकालेको हो । इंग्ल्यान्डले भारतबाट पाएको ३ सय ३७ रनको विशाल लक्ष्य ४३ ओभर ३ बलमा मात्र ४ विकेट गुमाएर पूरा गर्यो ।

दोस्रो खेलमा जितसँगै इंग्ल्यान्डले भारतविरुद्धको ३ खेलको सिरिजमा १-१ को बराबरी गरेको छ । पहिलो खेलमा भारत विजयी भएको थियो ।

प्रतिक्रिया