मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

‘घरबाहिर ननिस्कौं, धूलोधुँवा उड्ने व्यवसाय स्थगन गरौं’

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाभित्रको वायु प्रदूषण निकै बढेको भन्दै सावधानी अपनाउन अपील जारी गरेको छ । मन्त्रालयले घर बाहिर खुला स्थानमा नबस्न, मर्निङवाक नगर्न, फोहोर नजलाउन आग्रह गरेको हो ।

मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले शुक्रबार साँझ अपीलमा बालबालिका, दीर्घरोगी, ज्येष्ठ नागरिकहरुको विशेष ख्याल गर्न, धूलोधुँवा उड्ने खालका पेसा, व्यवसाय, निर्माण कार्यहरु केही दिनलाई स्थगन गर्न र सवारी साधन वा पेसा व्यवसायका कारण हुनसक्ने वायु प्रदूषण कम गर्न अत्यावश्यक नभई सवारी साधनहरु नचाउन आग्रह गरिएको छ ।

प्रतिकृयाहरु
Loading...
Makalukhabar.com