प्रदेश १ का नवनियुक्त मन्त्री र राज्यमन्त्रीद्वारा सपथ ग्रहण

काठमाडौं । प्रदेश १ सरकारका नवनियुक्त मन्त्रीहरूले शपथ ग्रहण गरेका छन् । नवनियुक्त ४ जना मन्त्रीलाई प्रदेश प्रमुख साेमनाथ अधिकारी प्यासीले सपथ गराए भने राज्यमन्त्रीलाई मुख्यमन्त्री शेरधन राईले सपथ गराएका हुन् ।

आर्थिक मामिला तथा योजनामन्त्री टंक आङबोहाङ, सामाजिक विकासमन्त्री उषाकला राई, भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री राम राना, भौतिक पूर्वाधार राज्यमन्त्री अम्बिरबाबु गुरुङले राज्यमन्त्रीबाट मन्त्रीमा सपथ ग्रहण गरेका हुन् ।

राज्यमन्त्री रानालाई मुख्यमन्त्री शेरधन राई र अन्य मन्त्रीहरूलाई प्रदेश प्रमुख साेमनाथ अधिकारीले शपथ गराएका छन् ।

प्रतिक्रिया