पारा ब्याडमिन्टनमा नेपालले प्रतिस्पर्धा गर्ने

काठमाडौं । दुबई पारा ब्याडमिन्टन संघको आयोजनमा चैत १४ देखि २३ गतेसम्म हुने प्रतियोगितामा नेपाली खेलाडीले पनि प्रतिस्पर्धा गर्ने भएका छन् । दुबईको सहवाब अल अली दुबई क्लबमा हुने तेस्रो फज्जा दुबई पारा ब्याडमिन्टन इन्टरनेसनलमा नेपालका प्रकाश अधिकारीले प्रतिस्पर्धा गर्ने भएका हुन् ।

च्याम्पियनसिपमा सहभागी हुन जाने नेपाली खेलाडी प्रकाशलाई नेपाल ब्याडमिन्टन संघले एक कार्यक्रमको आयोजना गरी बिदाइ गरेको छ । पारा ब्याडमिन्टनमा नेपालको यो पहिलो अन्तर्राष्ट्रिय सहभागिता हो । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सम्पन्न श्रेष्ठले विदाए गर्दै खेलाडीहरू अबका दिनमा व्यावसायिकतातर्फ अग्रसर हुनुपर्ने बताए ।

नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले नेपाली खेलाडीले विभिन्न विधामध्ये अहिले एसएल ४ को विधामा नाम दर्ता गरियतापनि प्रतियोगिताका दौरान खेलाडीको परीक्षण पश्चात कुन विधामा सहभागिता जनाउन पाउने भन्ने निर्क्यौल हुने बताए ।

बिदाइ कार्यक्रममा राखेप सदस्य एवं संघका उपाध्यक्ष सुभाष श्रेष्ठ, सचिव नविन विक्रम शाह र समिर बहादुर सिंह, सदस्य छविलाल जोशी, अन्तर्राष्ट्रिय अम्पायर उदय अर्याल, प्रमुख प्रशिक्षक सुदीप योञ्जन, प्रशिक्षक किरण थापालगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया