कोरोना अस्पतालमा आगलागीः ९ जनाको मृत्यु

काठमाडौँ । भारतको मुम्बईमा रहेको कोरोना अस्पतालमा आगलागी हुँदा ९ जनाको मृत्यु भएको छ । एक मलको तेस्रो तलामा रहेको सनराइज अस्पतालमा भएको आगलागीमा परी ९ जनाको मृत्यु भएको हो ।

भारतीय पत्रिका दैनिक भास्करले उल्लेख गरेअनुसार अस्पतालमा रहेका ७० कोभिड-१९ संक्रमितलाई उद्धार गरिएको छ । ती बिरामीलाई अहिले अर्काे अस्पतालमा सारिएको छ । आगलागीको कारण खुलेको छैन ।

स्थानीय समयअनुसार बुधबार राती १२ बजेबाट आगलागी भएको हो । आगो निभाउन २२ भन्दा धेरै दमकलको प्रयोग गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया