बाइडनको बाचा- ‘पहिलो १०० दिनमा २० करोडलाई खोप’

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडनले आफ्नो प्रशासनको पहिलो सय दिनमा २० करोडलाई कोभिड-१९ विरुद्धको खोप लगाउने बाचा गरेका छन् । ह्वाइट हाउसको उनको पहिलो पत्रकार सम्मेलनमा बाइडनले सो बाचा गरेका हुन् ।

कोभिडसँगको सामनापछिका आफ्ना प्राथमिकताबारे बाइडनले भने, ‘आज म आफ्नो दोस्रो लक्ष्य तय गर्छु । हामी हाम्रो पहिलो १०० दिनमा २० करोड मानिसलाई खोप दिन्छौँ ।’ यो लक्ष्य यसअघिको लक्ष्यभन्दा यो दोबर हो ।

अमेरिकामा अहिलेसम्म करिब १३ करोड मात्रा दिइसकिएको छ । अमेरिकी स्वास्थ्य अधिकारीका अनुसार दैनिक करिब २५ लाख खोपको मात्रा अहिले वितरण भइरहेको छ । –बीबीसी

प्रतिक्रिया