सान मारिनोविरुद्ध इंग्ल्यान्डको ५ गोल

काठमाडौं । इंग्ल्यान्डले विश्वकप फुटबलअन्तर्गत युरोपियन छनोटमा जित निकालेको छ । बिहीबार राति भएको खेलमा इंग्ल्यान्डले सान मारिनोलाई ५-० गोलअन्तरले पराजित गरेको हो ।

घरेलु टिम इंग्ल्यान्डका डोमिनिक काल्भर्ट लेविनले दुई गोल गरे । त्यस्तै, जेम्स वार्ड, रहिम स्टर्लिङ र ओलिई वाटकिन्सले समान १-१ गोल थपे । पहिलो हाफमा तीन गोल गरेको इंग्ल्यान्डले दोस्रो हाफमा थप दुई गोल गर्दै जित निकालेको हो ।

खेलको १४ औं मिनेटमा नै जेम्स वार्डले गोल गर्दै इंग्ल्यान्डलाई १-० गोलको अग्रता दिलाए । २१ औं मिनेटमा डोमिनिक काल्भर्टले गोल गर्दै २-० को अग्रता दिलाए । ३१ औं मिनेटमा रहिम स्टर्लिङले गोल गर्दा इंग्ल्यान्डले पहिलो हाफसम्म ३-० गोलको अग्रता बनायो ।

खेलको ५३ औं मिनेटमा डोमिनिक काल्भर्टले गोल गर्दै इंग्ल्यान्डलाई ४-० गोलको फराकिलो अग्रता दिलाए । ८३ औं मिनेटमा वाटकिन्सले गोल गरेपछि इंग्ल्यान्डले विश्वकपअन्तर्गत युरोपियन छनोटमा फराकिलो जित निकालेको हो ।

प्रतिक्रिया