जर्मनीको विजयी सुरुवात

काठमाडौं । जर्मनीले विश्वकपअन्तर्गत युरोप छनोट फुटबलमा विजयी सुरुवात गरेको छ । बिहीबार राति भएको खेलमा जर्मनीले आइसल्यान्डलाई पराजित गरेको हो ।

घरेलु टिम जर्मनीले आइसल्यान्डलाई ३-० गोलले पराजित गरेको हो । जर्मनीको जितमा लेओन गोरेट्जका, काइ हाभर्टज र इल्के गुण्डोगानले गोल ग रे। पहिलो हाफमा नै दुई गोलको अग्रता बनाएको जर्मनीले दोस्रो हाफमा थप एक गोल गर्दै जित निकालेको हो ।

खेलको दोस्रो मिनेटमा नै गोरेट्जकाले गोल गर्दै जर्मनीलाई अग्रता दिलाए । सातौं मिनेटमा काइ हाभर्टजले गोल गरेपछि खेलको सुरुवातमै जर्मनीले २-० गोलको अग्रता बनाएको थियो । खेलको ५६ औं मिनेटमा गुण्डोगानले गोल गरेपछि जर्मनीले आइसल्यान्डलाई ३-० गोलले पराजित गरेको हो ।

जर्मनी रहेको समूह जे कै अर्को खेलमा रोमानियाले उत्तरी मासेडोनियालाई ३-२ गोलअन्तरले पराजित गरेको छ ।

प्रतिक्रिया