त्रिदेव र सन्जोग राष्ट्रिय टिमबाट पहिलो पटक खेल्दै

काठमाडौं । फुटबल खेलाडी त्रिदेव गुरुङ र सन्जोग राईले नेपाली राष्ट्रिय टिमबाट पहिलो पटक खेल्ने भएका छन् ।

काठमाडौंमा चलिरहेको त्रिदेशीय फुटबल प्रतियोगिताअन्तर्गत कीर्गिस्तानको यू-२३ टिमसँगको खेलमा त्रिदेव र सन्जोग प्लेइङ इलाभेनमा परेका हुन् ।

पहिलो पटक हुन लागेको फ्रेन्चाइज नेपाल सुपर लिगमा यी दुवै खेलाडी काठमाडौं रेजर्समा छन् ।

सहिद स्मारक ए डिभिजन लिगमा भने त्रिदेव हिमालयन शेर्पा क्लबमा छन् भने सन्जोग राई थ्रीस्टार क्लबमा अनुबन्ध छन् ।

राष्ट्रिय टिमको जर्सीबाट पहिलोपटक खेल्न लागेपनि यो खेललाई एएफसीले मान्यता नदिएकाले यसलाई उनीहरुको आधिकारिक डेब्यु भने भन्न मिल्ने छैन ।

उनीहरू दुवैजना मिडफिल्डर हुन् ।

नेपालको प्लेइङ इलाभेन
गोलकिपर : किरण चेम्जोङ (कप्तान)
डिफेन्डर : रन्जित धिमाल, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी
मिडफिल्डर : त्रिदेव गुरुङ, तेज तामाङ, सन्जोग राई, रविशंकर पासवान
फरवार्ड : अन्जन विष्ट अभिषेक रिजाल

प्रतिक्रिया