कीर्गिस्तानसँग खेल्ने सुरुवाती टिमको घोषणा

काठमाडौं । थ्री नेसन्स कप फुटबल प्रतियोगितामा कीर्गिस्तानको यू-२३ टिमसँग खेल्ने नेपाली राष्ट्रिय टिमको प्लेइङ इलाभेन घोषणा भएको छ । नेपालले ४-५-१ को फर्मेसनमा खेल्न लागेको छ ।

दशरथ रंगशालामा केहीबेरपछि सुरु हुने खेलमा नेपाली टिमको नेतृत्व किरण चेम्जोङले गर्दैछन्। थ्री नेसन्स कपमा नेपालले पहिलो खेलमा कीर्गिस्तानको यु-२३ टिमसँग खेल्न लागेका हो ।

नेपालले कीर्गिस्तानको यु–२३ टिमलाई हराए फाइनलमा स्थान बनाउनेछ । तर कीर्गिस्तानको यु-२३ टिमसँग बराबरी खेलमा फाइनल पुग्ने टिमको टुंगो बंगलादेश र नेपालबीचको खेलले लाग्नेछ ।

मंगलबार भएको पहिलो खेलमा बंगलादेशले कीर्गिस्तानको यु–२३ टिमलाई १–० गोलले पराजित गरेको थियो ।

१६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको लिग चरणको अन्तिम खेलमा नेपालले चैत १४ गते बंगलादेशसँग खेल्नेछ । अंक तालिकाको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । फाइनल खेल १६ गते दशरथ रंगशालामा हुनेछ ।

प्रतियोगिताको विजेताले ५ हजार डलर र उपविजेताले ३ हजार डलर पुरस्कार पाउनेछ । यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई ५ सय डलर र हरेक खेलमा ‘म्यान अफ दि म्याच’ हुने खेलाडीले २ सय ५० डलर पुरस्कार पाउनेछन् ।

प्लेइङ इलाभेन

गोलकिपर : किरण चेम्जोङ (कप्तान)

डिफेन्डर : रन्जित धिमाल, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी

मिडफिल्डर : त्रिदेव गुरुङ, तेज तामाङ, सन्जोक राई, रविशंकर पासवान

फरवार्ड : अन्जन विष्ट अभिषेक रिजाल

प्रतिक्रिया