लकडाउनबारे सोचेका छैनौँ : अर्थमन्त्री [भिडिओसहित]

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले कोभिड संक्रमण रोकथामका लागि लकडाउन नहुने बताएका छन् । बिहीबार न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै मन्त्री पौडेलले यसबारे स्पष्ट पारेका हुन् । ‘हामी आशंकाबाट होइन,’ मन्त्री पौडेलले भनेका छन्, ‘यथार्थबाट निर्देशित भएर अगाडि बढ्नुपर्छ । सरकारको सोच के हो भने कोभिडको दोस्रो लहरको चर्चा चलिरहेको छ । त्यसबाट हामी जोगिनुपर्ने छ । अर्कोतर्फ आर्थिक सामाजिक क्रियाकलापलाई नियमित र सुचारु पनि गर्नुपर्ने छ । त्यसकारणले हामी आर्थिक, सामाजिक क्रियाकलापलाई सुचारु गर्नेछौँ ।’

स्वास्थ्य मापदण्डलाई ध्यानमा राखेर सरकार नियमित रुपले अगाडि बढ्ने मन्त्री पौडेलले बताएका छन् । ‘हामी नियमित पनि चल्छौँ,’ मन्त्री पौडेलले भने, ‘स्वास्थ्य मापदण्डलाई ख्याल गरेर अगाडि बढ्छौं । अहिले सरकारले सीमा–नाका बन्द गर्ने, बन्दाबन्दी (लकडाउन्) गर्नेतर्फ सोचेको छैन । त्यो अहिले उपयुक्त पनि हुँदैन ।’

प्रतिक्रिया