जबरजस्ती करणी गरेको आरोपमा एक पक्राउ

काठमाडौं । जवरजस्ती करणी गरेको आरोपमा सप्तरीबाट प्रहरीले एक जनालाई प्रकाउ गरेको छ ।

प्रहरीले ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा हनुमाननगर कंकालिनी नगरपालिका-४ का २८ वर्षीय संजय मण्डललाई पक्राउ गरेको जनाएको छ ।

आरोपित संजयले महिलालाई आइतबार राति उनकै घरमा गई डर धम्की दिई जबरजस्ती करणी गरेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया