मुख्य प्रशिक्षक ‘डेव वाटमोर’ विराटनगरमा

विराटनगर । विराटनगरमा चार दिनसम्म आयोजना हुने प्रशिक्षणको लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक डेव वाटमोर विराटनगर आइपुगेका छन् ।

नेपाल क्रिकेट संघ (क्यान)को आयोजना तथा राष्ट्रिय खेलकुद परिषद् पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समिति, प्रादेशिक क्रिकेट संघ, प्रदेश एक र मोरङ जिल्ला क्रिकेट संघको सहकार्यमा आयोजना गरिएको ‘नेपाल आउटरिच प्रोगाम’मा सहभागिताका लागि उनी विराटनगर आएका हुन् । उनले प्रदेश एकमा रहेका प्रशिक्षक, महिला तथा पुरुष राष्ट्रिय खेलाडी, प्रदेश, जिल्ला, एकेडेमी र विद्यालयका खेलाडीहरूलाइ प्रशिक्षण दिनेछन् ।

चार दिनसम्म आयोजना हुने प्रशिक्षणअन्तर्गत बुधबार बिहान प्रदेश एकभरिका प्रशिक्षक र अफिसियलहरूलाई वाटमोरले विशेष प्रशिक्षण दिएका थिए । यस्तै, वर्कशपअन्तर्गत वाटमोर र सहभागी प्रशिक्षक, अफिसियलहरूबीच अनुभव आदान–प्रदानसमेत गरिएको थियो ।

प्रतिक्रिया