बलियो नेपाल कप क्रिकेट हुने

काठमाडौं । बलियो नेपाल कप क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । क्वीन्स इभेन्ट्स म्यानेजमेन्ट प्राली र बलियो नेपाल पोषण अभियानको सहयोगमा ‘बलियो नेपाल कप’ क्रिकेट प्रतियोगिता आयोजना हुने भएको हो ।

प्रतियोगितामा लुम्बिनी प्रदेशका १२ जिल्लाहरूबाट १६ वर्ष मुनिका खेलाडीहरूबीच अन्तरजिल्ला क्रिकेट प्रतिस्पर्धा हुनेछ । आयोजकले १२ वटै जिल्लास्थित क्रिकेट संघहरूमार्फत खेलाडी छनोट गर्नेछ । छनोट भएका खेलाडीहरूलाई क्रिकेट संघहरूको सिफारिसमा प्रतिस्पर्धामा समावेश गराइने आयोजकले जानकारी दिएको छ ।

यो प्रतियोगिताका उत्कृष्ट प्रतिभावान महिला तथा पुरुष खेलाडिलाई आगामी दिनमा क्रिकेटसम्बन्धी विभिन्न कार्यक्रमहरुमा समावेश गरिने आयोजकले जनाएको छ ।

खेलाडी छनोट कार्यक्रम मार्च २५ देखि २८ तारिखसम्म हुनेछ । बलियो नेपाल कप क्रिकेट प्रतियोगिता भने अप्रिल ३ देखि १० तारिखसम्म दाङको लमहीमा आयोजना हुनेछ ।

 

ब्ततबअजmभलतक बचभब

प्रतिक्रिया