म्यान्मारमा ६ सयभन्दा बढी प्रदर्शनकारी रिहा

यांगुन । म्यान्मारमा ‘कू’ विरोधी प्रदर्शनमा लागेका ६ सयभन्दा बढी प्रदर्शनकारीलाई बुधबर इन्सेन जेलबाट रिहा गरिएको छ ।

त्यहाँको सेनाले एनएलडी पार्टीका प्रमुख नेताहरूलाई नजरबन्दमा राखेर सैन्य कू गरेपछि त्यसविरुद्ध चर्किएको आन्दोलनका क्रममा पक्राउ परेका ६ सयभन्दा बढी प्रदर्शनकारीलाई रिहा गरिएको जेलका एक वरिष्ठ अधिकारीले बताएका हुन् ।

‘हामीले आज इन्सेन जेलबाट ३६० पुरुष र २६८ महिलालाई रिहा गरेका छौँ’ कारागारका एक वरिष्ठ अधिकारीले नाम नबताउने सर्तमा बताए ।

म्यान्मारमा सैनिक ‘कू’ शुरु भएयता भएका विरोध प्रदर्शनमा हालसम्म २७५ जनाको मृत्यु भएको छ । यद्यपि जुन्ता सरकारका प्रवक्ताले भने १६४ जनाको मृत्यु भएको जनाएको छ । सो प्रदर्शन क्रममा २८ सयभन्दा बढी व्यक्ति पक्राउ परेको समेत अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले उल्लेख गरेका छन् ।

प्रतिक्रिया