बंगलादेशकी प्रधानमन्त्री हसिनामाथि बम आक्रमण गर्ने १४ जनालाई मृत्युदण्डको फैसला

ढाका । बंगलादेशी अदालतले प्रधानमन्त्री शेख हसिनालाई हत्याको प्रयास गर्ने १४ इस्लामिक चरमपन्थी लडाकूलाई मृत्युदण्डको फैसला सुनाएको छ । उनीहरूले सन् २००० मा प्रधानमन्त्री हसिनालाई हत्याको प्रयास गरेका थिए ।

हसिनाले लिएको धर्मनिरपेक्षताको नीतिको विरोधमा उनीहरूले बम आक्रमण गरेका थिए । ४ जना नै राजद्रोह र आपराधिक गतिविधिको मुद्दामा दोषी पाइएको ढाकाको स्पिडी ट्रायल ट्रिबुनल-१ का न्यायाधीश आबु जफर एमडी काम्रुज्जामनले बताए ।

उनीहरूमध्ये ९ जनालाई जेलबाट अदालतमा उपस्थित गराइएको उनले बताए । चौधै जना हर्कत उल जिहाद अल इस्लामी संगठनका लडाकु रहेको न्यायाधीशले बताएका छन् ।

प्रतिक्रिया