प्रदेश १ : मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावको हस्ताक्षर एक हप्ताभित्र फिर्ता लिन निर्देशन

  • सुमन सुस्केरा

विराटनगर । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने सांसदहरुलाई एक हप्ताभित्र हस्ताक्षर फिर्ता लिन निर्देशन दिइएको छ । २३ गतेको सर्वोच्च अदालतको फैसलापछि बसेको पहिलो संसदीय दलको बैठकले यस्तो निर्देशन दिएको हो । ‘अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्नुहुने एमालेका सांसदलाई एक साताभित्र हस्ताक्षर फिर्ता लिन दलको बैठकले निर्देशन दिएको छ’, मुख्यमन्त्री राईले भनेका छन् ।

यस्तै आजै बसेको बैठकले एमाले संसदीय बोर्ड गठन गरेको छ । १५ सदस्यीय बोर्डमा ४ जना पदेन सदस्य छन् । यसैगरी बैठकले संसदीय दलको विधानसमेत पारित गरेको छ ।

आजको बैठकमा विपक्षी एमालेका सांसदहरु पनि सहभागी थिए भने माओवादी नेता टंक आङ्बुहाङसमेत सहभागी थिए ।

प्रतिक्रिया