प्रदेश १ : संसदीय दलको बैठक शुरु, नेपाल पक्ष पनि सहभागी

विराटनगर । प्रदेश नं. १ मा संसदीय दलको बैठक शुरु भएको छ । मुख्यमन्त्री तथा दलका नेता शेरधन राईले आह्वान गरेको बैठकमा विपक्षी एमालेका केही नेताहरुसमेत सहभागी छन् ।

यस्तै बैठकमा माओवादी केन्द्रका नेता टंक आङ्बुहाङ पनि सहभागी छन् । प्रदेश नं. १ सभामा नेकपा एमालेका ५० सांसद छन् । तिमध्ये विपक्षी एमालेका १६ जना छन् ।

प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले मकालु खबरलाई दिएको जानकारीअनुसार बैठकमा संसदीय बोर्ड गठन, विधान संशोधनलगायतका विषयमा छलफल हुनेछ ।

प्रतिक्रिया