सुटिङका लागि नयाँ गन्तव्य श्रीलंका टापु

विराटनगर । प्रदेश १ का ४ जिल्ला चलचित्र छायांकनका सम्भावित गन्तव्यको रुपमा छनौट गरेको छ । चलचित्र विकास वोर्डले प्रदेश १ मा चलचित्र छायांकनस्थल निर्माणको लागि सरकारले गठन गरेको अध्ययन समितिले प्रदेशका ४ जिल्लालाई सम्भावित गन्तव्यको रुपमा छनौट गरेको थियो ।

अध्ययन समितिले प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कुमार कार्कीलाई अध्ययन प्रतिवेदन बुझाउँदै ईलाम, झापा, सुनसरी, मोरङका सम्भावित स्थलहरुको अध्ययन गरेको हो । समितिले अध्ययन गरेपछि प्रदेश सरकारलाई बुझाइएको प्रतिवेदनमा चलचित्र विकास बोर्डको स्वीकृत मापदण्डमा सुनसरीको बराहक्षेत्र नगरपालिकामा रहेको श्रीलंका टापुलाई उत्कृष्ट गन्तव्य पहिचान गरेको हो ।

बराहक्षेत्र नगरपालिका वडा नं ६ र ९ मा पर्ने श्रीलंका टापु आसपासको दुई सय विगाह क्षेत्रलाई सबैभन्दा उपयुक्त गन्तव्य पहिचान गरिएको प्रदेश स्तरिय चलचित्र छायांकन स्थल निर्माणको सम्भाव्यता अध्ययन समन्वय तथा संयोजन समितिका सदस्य नवल खडकाले बताए । समितिले छनोट गरेको श्रीलंका टापु सबै हिसाबले उपयुक्त रहेको पनि समितिले औल्याएको छ ।

हिमाल, पहाड, तराईको क्षेत्र नजिक नजिकै पर्ने अनि सप्तकोसीको संगम स्थललाई पनि आधार बनाइएको छ। त्यस्तै धार्मिक, पर्यटकिय क्षेत्र, जल यातायातको सुविधा भएको कारण श्रीलंका टापु उपयुक्त क्षेत्र भएको प्रतिवेदनमा भनिएको छ। यसअघि झापाको खुदुनावारी, इलामको कन्याम, श्रीअन्तु, केरावारी, डंग्राह, बिष्णुपादुका लगायत दर्जनौं स्थानको अवलोकन गरिएको थियो ।

चलचित्र विकास वोर्डका अध्यक्ष दयाराम दहालको दाहालको संयोजकत्वमा गठित समितिको सहसंयोजकमा प्रेम सुब्बा, सदस्यहरुमा दिपाश्री निरौला, दयाहाङ राई, राजकुमार पोखरेल लगायतका कलाकार तथा मन्त्रालयका कर्मचारीहरु सहभागी थिए ।

प्रतिक्रिया