अस्ट्रेलियामा बस्ने नेपाली विद्यार्थीको अवस्थाप्रति इक्यानको चासो

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले अस्ट्रेलियामा बस्ने नेपाली विद्यार्थीहरूको अवस्थाप्रति ध्यानाकर्षण जनाएको छ ।

अस्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाल र विदेश मामिला विशेषज्ञ नारायण मैनालीसँगको भेटका क्रममा अस्ट्रेलियामा बस्ने नेपाली विद्यार्थी वर्तमान अवस्था, सीमासम्बन्धी मुद्दा, नेपाली विद्यार्थीहरूले एनओसीका लागि भोग्नुपरेका समस्या, नेपाल र अस्ट्रेलियाको नियमित उडान, एफडीआईसँग सम्बन्धित मुद्दालगायतका विषयका बारेमा छलफल गरिएको इक्यानका अध्यक्ष प्रकाश पाण्डेले जानकारी दिएका छन् ।

सो अवसरमा अस्ट्रेलियामा अध्ययन गर्ने जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति तथा इक्यान र दूतावासबीचको सम्बन्ध सुमधुर तथा सहज बनाउनेबारे पनि छलफल गरिएको महासचिव दिपक राज भुषालले जानकारी दिए ।

प्रतिक्रिया