मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी मित्रराष्ट्र जनवादी गणतन्त्र बंगलादेशको दुईदिने राजकीय भ्रमण सम्पन्न गरी आज अपराह्न स्वदेश फिर्ता भएकी छन् ।

राष्ट्रपति भण्डारी र नेपाली प्रतिनिधिमण्डललाई ढाकास्थित हजरत शाहजलाल अन्तरराष्ट्रिय विमानस्थलमा त्यहाँका विदेशमन्त्री डा एके अब्दुल मोमेन, बङ्गलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्रलगायतले बिदाइ गरेका  थिए ।

राष्ट्रपति भण्डारी बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा सोमबार त्यसतर्फ प्रस्थान गरेका थिए ।

प्रतिकृयाहरु
Loading...
Makalukhabar.com