नेपाली खेलाडीको गोल वर्षा : अनिता एक्लैले गरिन् १६ गोल

काठमाडौं । पाकिस्तान महिला च्याम्पिनसिप फुटबल प्रतियोगितामा नेपालकी अनिता केसीको १६ गोलमा मासा युनाइटेडले कराची एफसीलाई ३५-० गोलले हराएको छ । जसमा नेपालकी गीता रानाले दुई, सरु लिम्बुले १० र गोलकिपर एन्जिला तुम्बापो सुब्बाले दुई गोल गरिन् ।

खेलको पहिलो मिनेटमा नै अरिबाको गोलमा अग्रता बनाएको मासा युनाइटेडले त्यसपछि लगातार जस्तो गोल गरेको हो । गीताले खेलको चौथो मिनेटमा टिमको लागि दोस्रो गोल गरेकी थिइन् । गीताले दोस्रो गोल आठौं मिनेटमा गरिन् ।

अनिताले खेलको ११, १३ र १६ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन् । त्यसपछि उनले १९, ३७ र ४० औं मिनेटमा गोल गर्दै दोस्रो ह्याट्रिक पूरा गरिन् । पहिलो हाफको अन्तिम समयमा सातौं गोल गरेकी अनिताले ५५, ५७, ६०, ७०, ७३, ८७, ८८, ८९ औं मिनेटमा गोल गरिन् । उनले १६ औं गोल भने खेलको अन्तिम समयमा गरिन् ।

त्यस्तै, खेलको ३४, ५० र ५६ औं मिनेटमा गोल गर्दै सरुले पहिलो ह्याट्रिक गरिन् । उनले ६७, ६९ र ७१ औं मिनेटमा दोस्रो ह्याट्रिक गरिन् । ७६, ७८, ९० र खेलको इन्जुरी समयमा गोल गर्दै उनले १० गोल पूरा गरिन् ।

गोलपिकर एन्जिलाले समेत खेलमा दुई गोल गरिन् । उनले ३९ र ४३ औं मिनेटमा गोल गरिन् । नेपालबाट पाकिस्तान महिला च्याम्पियनसिप खेल्न पहिलो पटक खेलाडी गएका हुन् । जहाँ अनिता, सरु, एन्जिलासँगै गीताले मासा युनाइटेडबाट खेलिरहेका छन् । पहिलो खेलदेखि नै पाकिस्तान महिला च्याम्पियनसिपमा प्रभाव पारिरहेका छन् ।

प्रतिक्रिया