नेपाल र बंगलादेशबीच चार समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं । नेपाल र बंगलादेशबीच दुवै राष्ट्रका राष्ट्राध्यक्षका उपस्थितिमा चार विषयको समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी र उनका समकक्षी मोहम्मद अब्दुल हमिदका उपस्थितिमा बंगलादेशको राष्ट्रपति कार्यालय बंगबन्धु भवनमा पर्यटन सहयोग, सरसफाइ, सांंस्कृतिक आदानप्रदान र रोहनपुर–सिंहबाद रेलमार्गसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

समझदारीपत्रमा नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनसचिव यादवप्रसाद कोइराला र बंगलादेशी नागरिक उड्डयनसचिव मोहम्मद मकामेल हुसेन, नेपालका उद्योग, वाणिज्य तथा आपूर्तिसचिव दिनेश भट्टराई र बंगलादेशी वरिष्ठ कृषिसचिव मोहम्मद ममाहुल इस्लाम, सांस्कृतिक मामिलासचिव बदरुल आरेफिन र वाणिज्यसचिव मोहम्मद जफार उद्दिनले हस्ताक्षर गरेका थिए ।

समझदारीपत्रमा हस्ताक्षरअघि दुई राष्ट्रपतिबीच राष्ट्रपति भवनमा भेटवार्ता भएको थियो ।

प्रतिक्रिया