नेपाल लाइफको एमडीआरटी सम्मान

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एमडीआरटी बन्न सफल अभिकर्ताहरुलाई सम्मान गरेको छ । काठमाडौंको हायात होलटमा आयोजित कार्यक्रममा २६७ जना अभिकर्तालाई सम्मान गरिएको हो ।

विश्वका अभिकर्ताहरुको अन्तराष्ट्रिय संस्था मिलिअन डलर राउन्ड टेबल २०२१ मा सहभागी हुन योग्य भएका आफ्ना अभिकर्ताहरुलाई सम्मान गरेको कम्पनीले जनाएको छ । नेपाल लाइफबाट यसपटक २३८ जना अभिकर्ता एमडीआरटी, २० जना सीओटी र ९ जना टीओटीमा छनोट भएको कम्पनीले जनाएको छ ।

स्वागत मन्तब्य व्यक्त गर्दै कम्पनीका उप प्रमुख कार्यकारी अधिकृत सुशिलकुमार चौधरीले यस्ता अन्तराष्ट्रिय संस्थाहरुमा कम्पनीका तर्फबाट अभिकर्ताहरुले सहभागीता जनाउन पाउँदा अन्तराष्ट्रिय जगतमा अनुभव साटासाट हुनुका साथै क्षमता विकास, काम गर्ने उत्प्रेरणा प्राप्त हुने जनाए ।

कम्पनीका उप महाप्रबन्धक उमापति पोखरेलले छनोट भएका अभिकर्ताहरुलाई बधाई ज्ञापन गर्दै आगामि दिनमा अझ सफलताको सिढि चढ्दै जाने शुभकामना ब्यक्त गरे ।

कार्यबाहक प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले कम्पनीलाई उच्च स्थानमा कायम राखिराख्न अहोरात्र खटिने सम्पूर्ण अभिकर्ताहरुलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनको सफल यात्राका लागि शुभकामना व्यक्त गरे । समस्यासँग भाग्ने नभई समस्याको सामना गरी डटेर निरन्तर गरिने संघर्षले नै सफलताको शिखर हासिल गर्ने बताए ।

कार्यक्रममा पेशागत बिमा अभिकर्ता संघ नेपालका उपाध्यक्ष तथा बिमक समिति नेपाल लाइफका अध्यक्ष राजेन्द्र अमात्यले नेपाल लाइफले अभिकर्ताहरुलाई उत्साह र सम्मानको खाँचो महसुस गरी आयोजना गरिएका यस प्रकारका कार्यक्रमले अभिकर्ताहरुमाझ जोस र जागरको उर्जा भरी कम्पनीको उचाइले शिखर चुम्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

पेशागत बिमा अभिकर्ता संघ नेपालका अध्यक्ष नन्दप्रसाद तिवारीले नेपाल लाइफलाई अग्रणी र अब्बल बीमा कम्पनीका रुपमा निरन्तर देख्न चाहने हामी अभिकर्ताहरुले एकजुट भई काधमा काध मिलाई काम गर्नु पर्ने बताए ।

नेपाल लाइफका बरिष्ठ सहायक महाप्रबन्धक दिग्विजय सिंघलले अभिकर्ताको उत्साहजनक साथले कम्पनीले लिएको लक्ष्यलाई दोब्बर बनाउने विश्वास व्यक्त गरे । यस्तै कम्पनीका बरिष्ठ सहायक महाप्रबन्धक सोन आले मगरले जीवन जिउनका लागि मात्र होइन, जीवन जित्नका लागि हो भनी अभिकर्ताहरुको उत्साह थप्ने भनाइ राखे ।

साथै कम्युनिकेसन तथा ब्राण्डीङ विभाग प्रमुख मेघेन्द्र प्रकाश गिरीले कार्यक्रम सफल बनाउनका लागि गर्नुभएको रचनात्मक कार्यको सहभागीहरुले उच्च प्रसंशा समेत गरेका थिए ।

प्रतिक्रिया