गुटगत गतिविधि गर्नेलाई स्पष्टीकरण सोध्ने एमाले संसदीय दलको निर्णय

काठमाडौं । एमाले संसदीय दलको बैठकले गुटगत गतिविधि गर्ने सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । शनिबार बालुवाटारमा बसेको दलको बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

नेता सुवासचन्द्र नेम्वाङ्गले मकालु खबरलाई बताएअनुसार बैठकले यस्तो निर्णय गरेको हो । ‘तर, प्रधानमन्त्रीज्यूले व्यक्तिगत रुपमा आए मौका दिन्छु भन्नुभएको छ,’ नेम्वाङ्गले भनेका छन्, ‘सामूहिक रुपमा आएको खण्डमा स्वीकार हुँदैन भनेर पनि भन्नुभएको छ । स्पष्टीकरण सोध्ने भनिएको छ ।’

प्रतिक्रिया