एकदिवसीय क्रिकेटमा न्युजिल्याण्ड विजयी

एजेन्सी । बंगलादेशसँगको पहिलो एकदिवसीय क्रिकेटमा घरेलु टिम न्युजिल्याण्डले बंगलादेशलाई ८ विकेटले हराएको छ ।

१ सय ३२ रनको लक्ष्य न्युजिल्याण्डले २१ ओभर २ बलमा मात्र २ विकेट गुमाएर पूरा गरेको हो ।

न्युजिल्याण्डको जितमा हेनरी निकोलसले अविजित ४९ रनको योगदान गरे । मार्टिन गुप्टिलले ३८ र डेभोन कोनवेले २७ रन बनाए ।

बंगलादेशका हसन ममुद र तास्किन अहमेदले १/१ विकेट लिए ।पहिले

ब्याटिङ गरेको बंगलादेशले ४१ ओभर ५ बलमा अलआउट हुँदै १ सय ३१ रन बनाएको थियो । बंगलादेशका लागि ममुदउल्लाहले २७, मुस्फिकर रहिमले २३, लिन्टोन दासले १९, मेहेदी हसनले १४ र कप्तान तमिम इकबालले १३ रन बनाए ।

बंगलादेशलाई सस्तैमा समेट्न न्युजिल्याण्डका ट्रेण्ड बोल्टले ४ विकेट लिए । त्यस्तै, जेम्स निशम र मिचेल स्टानरले थप २/२ विकेट लिए । जितसँगै न्युजिल्याण्डले ३ खेलको शृँखलामा १–० को अग्रता लिएको छ ।

प्रतिक्रिया