१० किलोमिटर दौडको उपाधि सन्तोषी र गोपीचन्द्रलाई

काठमाडौं । दोश्रो वीर गणेशमान सिंह १० किलोमिटर दौडको उपाधि सन्तोषी श्रेष्ठ र गोपीचन्द्र पार्कीले जितेका छन् । शनिबार काठमाडौंमा भएको प्रतिस्पर्धामा एपिएफका गोपीले ३१ मिनेट ४४.४९ सेकेन्डमा र सन्तोषीले ३७ मिनेट ५३.४४ सेकेन्डमा दौड पूरा गर्दै ६०–६० हजार रुपैयाँ र स्वर्ण पदक जिते ।

दुवैले यसै दौडमा राखेको कीर्तिमान समेत तोडेका छन् । पहिलो संस्करणमा सन्तोषीले ३९ मिनेट १०.९८ सेकेन्ड र ३२ मिनेट ०१.२ सेकेन्डमा पूरा गरेका थिए ।

गत वर्ष भएकाे दक्षिण एशियाली खेलकुदमा सन्तोषीले १० किलोमिटरमा र गोपीले ५ किलोमिटरमा स्वर्ण पदक जितेका थिए ।

सन्तोषीको यो वर्षको तेस्रो उपाधि हो । फागुनमा धरान १० किलोमिटर र गत साता गोल्डेन एथलेटिक्स मिटमा ३ किलोमिटरमा स्वर्ण पदक जितेकी थिइन् । गोपीको वर्षको यो दोस्रो उपाधि हो । मंसिरमा नेपालगन्ज म्याराथनको उपाधि जित्दै टोकियो ओलम्पिकका लागि छनोट भएका थिए ।

महिलातर्फ नेपाल पुलिस क्लबकी राजपुरा पछाई दोश्रोे र एपिएफकी फूलमती राना तेश्रो भए । यस्तै, पुरुषतर्फ अनिष थापा दोश्रो र तीर्थ पुन तेश्रो स्थान प्राप्त गरेका थिए । दुवैतर्फ दोश्रो हुनेले ३० हजार र तेश्रो हुनेले १५ हजार रुपैयाँ प्राप्त गरे ।

वीर गणेशमान सिंह स्पोर्टस् कमिटीले आयोजना गरेको १० किलोमिटर रोड रेसमा ४ सय जना सहभागि थिए ।

प्रतिक्रिया