प्रिमियर लिगमा लिड्स विजयी

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा लिड्स युनाइटेड विजयी भएको छ । शुक्रबार राति भएको खेलमा लिड्सले फुलह्यामलाई २–१ ले जीत हात पारेको हो ।

लिड्सका लागि पेट्रिक बामफोर्ड र राफेल बेलोलीले एक एक गोल गरे । फुलह्यामका जोचिम एन्डरसनले एक गोल फर्काए ।

पाहुना टोली लिड्सका लागि २९ औं मिनेटमा बामफोर्डले गोल गर्दै अग्रता दिलाए । त्यसको ९ मिनेटमा एन्डरसनले गोल गर्दै फुलह्यामलाई बराबरीमा ल्याएका थिए ।

लिड्सका लागि खेलको राफेलले ५८औं मिनेटमा गोल गरेपछि लिड्स २–१ ले विजयी भयो ।

नतिजासँगै लिड्स ३९ अंकका साथ ११ औं स्थानमा पुगेको छ भने फुलह्याम २६ अंक जोडेको रेलिगेशन जोनमा रहेको छ ।

प्रिमियर लिगमा म्यानचेस्टर सिटी ७१ अंकसहित पहिलो स्थानमा छ । दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको ५७ अंक छ ।

प्रतिक्रिया