भारत र इंग्ल्याण्डको निर्णायक ट्वेण्टि ट्वेण्टि आज

एजेन्सी । भारत र इंग्ल्याण्डको पाँचौ तथा निर्णायक ट्वेण्टि ट्वेण्टि क्रिकेट आज हुँदैछ । यसअघि दुवै टिमले २/२ जित हात पारेकाले आजको खेल जित्ने टिमले शृँखला जित्नेछ ।

२–१ ले पछि परेको भारतले चौथो खेलमा ८ रनको जीत हात पार्दै गर्दै शृँखला बराबरीमा ल्याएपछि आजकाे खेल निर्णाायक बनेकाे थियो ।

पहिलो खेलमा इंग्ल्याण्ड ८ विकेटले विजयी भएको थियो भने दोश्रो खेलमा भारत ७ विकेटले विजयी भएको थियो । तेश्रोे खेलमा ८ विकेटले विजयी हुँदै इंग्ल्याण्डले अग्रता लिएपनि चौथो खेलमा भारतले जित हात पार्दै शृँखला बराबरीमा ल्याएको हो ।

आजको खेल नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा नेपाली समयअनुसार बेलुका सवा ७ बजेपछि सुरु हुनेछ।

प्रतिक्रिया