एमालेको संसदीय दल र केन्द्रीय समिति बैठक आज

काठमाडौँ । सत्तारुढ नेकपा एमालेको संसदीय दल र केन्द्रीय समिति बैठक आज बस्दैछ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा संसदीय दलको बैठक बिहान साढे १० बजे बोलाइएको छ भने केन्द्रीय समिति बैठक दिउँसो १ बजेपछि बस्ने भएको हो ।

सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र अस्तित्वमा रहेको फैसला गरेपछि प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले सरकार र पार्टीका विषयमा थप छलफल गर्ने बैठक बोलाएका हुन् ।

यता झलनाथ खनाल र माधव नेपाल समूहले भने ओलीले बालुवाटारमा बोलाएको बैठक बहिष्कार गर्ने निर्णय गरेका छन् । प्रधानमन्त्री निवासमा बैठक राखेर दललाई निजीकरण खोजिएको र २८ फागुनको बैठकका निर्णय खारेज नभएसम्म बैठकमा सहभागी नहुने सो समूहको अडान छ । 

प्रतिक्रिया