दुई हप्ताभित्र कांग्रेसको नेतृत्वमा सरकार : डा. शशांक

काठमाडाैँ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले अबको दुई हप्ताभित्र कांग्रेसको नेतृत्वमा सरकार बन्ने बताएका छन् ।

पत्रकारसँगको भेटमा शुक्रबार चितवनमा उनले सरकार परिवर्तनको विषयमा कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच छलफल भइरहेको बताए । उनले भने, ‘माओवादी केन्द्र र मधेसवादी दलबीच भएको छलफल निष्कर्षमा पुग्छ र कांग्रेसको नेतृत्वमा सरकार बन्छ ।’ अहिले कांग्रेस ‘पर्ख र हेर’को अवस्थामा रहेको उनको भनाइ थियो ।

माओवादी केन्द्र सरकारमा रहिरहेका कारण केही समय लागेको उनको भनाइ थियो । उनले भने, ‘अहिले माओवादी केन्द्र सरकारमा छ । उनीहरु फर्कन्छन् कि फर्कँदैनन् भन्ने हेर्नुपर्छ । तर, हाम्रो प्रयत्न माओवादी केन्द्रलाई अहिलेको सरकारबाट बाहिर ल्याउने रहेको छ ।’ उनले संविधानको रक्षा गर्ने जिम्मेवारी कांग्रेसको काँधमा आएको बताए ।

प्रतिक्रिया