नेपाल सुपर लिग: कुन खेलाडी कुन टिममा [सूचीसहित]

काठमाडौं । आगामी बैशाख ११ गतेदेखि २५ गतेसम्म काठमाडौंमा नेपाल सुपर लिग फुटबल प्रतियोगिता (एनएसएल) मा प्रतिस्पर्धा गर्ने सातवटा फ्रेन्चाइज टिमले खेलाडी अनुबन्ध गरेका छन् । शुक्रबार काठमाडौंमा भएको बोलकबोलबाट सातै टिमले खेलाडी अनुबन्ध गरेका हुन् ।

तीन समूहमा रहेका १४९ जना खेलाडीमध्ये सात टिमले ९८ जना खेलाडी सात टिमले अनुबन्ध गरेका हुन् । जसमा एक लाख रुपैयाँबाट बोली सुरु हुने समूह ‘ए’ मा रहेका आठ खेलाडीलाई टिमले सर्वाधिक दुई दुई लाख रुपैयाँमा क्लबले अनुबन्ध गरेका छन् । यस्तै ५० हजार रुपैयाँबाट बोली सुरु हुने समूह ‘बी’ मा रहेका १७ खेलाडी सर्वाधिक १ लाख २० हजार रुपैयाँमा अनुबन्ध भए भने २० हजार रुपैयाँबाट बोली सुरु हुने समूह ‘सी’ मा रहेका १० खेलाडी सर्वाधिक ७५ हजार रुपैयाँमा क्लबले लिए ।

समूह ‘ए’बाट तेज तामाङ काठमाडौं रेजर्समा अनुबन्धित भए । उनका लागि धनगढी एफसी, एफसी चितवन, विराटनगर सिटी एफसी, बुटवल लुम्बिनी एफसी र पोखरा थन्डर्सले पनि बोली लगाएका थिए । जसमा गोलाप्रथा गर्दा काठमाडौंले उनलाई भित्र्याउन पायो ।

विशाल सुनुवार चितवनमा अनुबन्ध भए । उनलाई पोखरा र ललितपुरले पनि लिन चाहेका थिए । यस्तै सुनिल बल विराटनगरमा अनुबन्ध भए । उनका लागि धनगढी र चतवनले पनि बोली लगाएका थिए । तर गोलप्रथाबाट उनी विराटनगर पुगेका हुन् ।

अर्का खेलाडी दीप कार्की पोखरामा अनुबन्ध भए । उनलाई विराटनगर र ललितपुरले समेत २ लाख रुपैया तिर्न तयार थिए । यस्तै, एरिक बिष्टलाई ललितपुरले लियो । उनका लागि पोखराले पनि बोली लगाएको थियो ।

सुजल श्रेष्ठ पोखरामा अनुबन्धित भए । उनलाई विराटनगर, बुटवल र धनगढीले पनि लिन चाहेका थिए । विकास खवास चितवनमा अनुबन्ध भए । उनका लागि विराटनगर, ललितपुर र धनगढीले पनि बोली लगाएका थिए । यस्तै दिनेश राजबंशीलाई धनगढीले लियो । उनलाई विराटनगरले पनि लिन चाहेको थियो ।

उनीहरु सबै जनही २ लाख रुपैयामा अनुबन्ध भएका हुन् ।

यसैगरि समूह ‘बी’ मा रहेका १७ खेलाडी सर्वाधिक १ लाख २० हजार रुपैयाँका दरले र समूह ‘सी’ मा रहेका १० खेलाडी सर्वाधिक ७५ हजार रुपैयाँमा अनुबन्ध भएका हुन् । यससँगै हरेक क्लवबमा अब एक एक जना मार्की खेलाडीसहित १५÷१५ जना खेलाडी भएका छन् । सुपर लिगका हरेक क्लबमा २०÷२० जना खेलाडी हुनेछन् ।

प्रत्येक टिमले तीजना विदेशी खेलाडी राख्न पाउने छन् । त्यस्तै, दुई दुुई जना खेलाडी भने अक्सनमा नभएका खेलाडीबाट छानेर प्रत्येक टिमले राख्न पाउनेछन् ।

पाँच पाँच जना खेलाडी छान्न बाँकी रहँदा कुन टिममा को प्रशिक्षक को को खेलाडी
एफसी चितवन, (प्रशिक्षक– मेघराज केसी)

भारत खवास (मार्की खेलाडी), राजिव लोप्चन, अमित तामाङ, विकास खवास, विकास तामाङ, विशाल सुनुवार, विश्व अधिकारी, कुलदीप कार्की, मनिष थापा, रोमन रसाइली, टेक बहादुर बुढाथोकी, शिशिर लेखी, रुप बहादुर लामा, विवेक चौधरी र सिमन्त थापा ।

विराटगनर सिटी एफसी

रन्जित धिमाल (मार्की खेलाडी), अशोक थापा, किशोर गिरी, विक्रम धिमाल, सरोज दाहाल, सुनिल बल, सुरज ज्यु ठकुरी, विजय धिमाल, सुर्य अधिकारी, सन्तोष तामाङ, हेम तामाङ, सुशिल लामा, सुनिल खड्का, दीपक राई, निरकुमार राई ।

बुटवल लुम्बिनी एफसी, (प्रशिक्षक– सुयोग शाक्य)

विशाल श्रेष्ठ (मार्की खेलाडी), लक्ष्मण रुचाल, सुरज विक, रविन श्रेष्ठ, सत्रुधन चौधरी, सेसेहाङ आङदम्बे, मानबहादुर परियार, रवि थापा मगर, अमिर श्रेष्ठ, अनिल महर्जन, आशिष लामा, चेतन कुमार थारु, सुमन लामा, जय गुरुङ, रन्दीप पौडेल ।

धनगढी एफसी, (प्रशिक्षक– तोपे फुजा)

विशाल राई (मार्की खेलाडी), सौजन राई, रुपेश केसी, विजय श्रेष्ठ, योगेश गुरुङ, युद्ध शाही, निराजन महर्जन, विबेक बस्नेत, निशान खड्का, टंक बस्नेत, अशोक खवास, दिनेश राजवंशी, टेकेन्द्र थापा, पुजन उपरकोटी, दर्शन गुरुङ ।

काठमाडौं रेजर्स एफसी, (प्रशिक्षक– बालगोपाल महर्जन)

विकेश कुथु (मार्की खेलाडी), तेज तामाङ, आशिष गुरुङ, सन्जोक राई, त्रिदेव गुरुङ, सुदीप शिखाकार, राजन गुरुङ, विनय श्रेष्ठ, रुमेश बर्तौला, पृथ्वी चौधरी, विश्वास श्रेष्ठ, अन्जन राई, सुदील राई, विमल पाण्डे, प्रेजेन तामाङ ।

ललितपुर सिटी एफसी

अन्जन विष्ट (मार्की खेलाडी), विनोद गुरुङ, कमल श्रेष्ठ, प्रवेश दनवार, मिक्चेन तामाङ, नविन लामा, एरिक विष्ट, विमल राना, रोहित कार्की, सरोज योञ्जन लामा, रन्जन विष्ट, निरोज बस्नेत, पाल्साङ लामा, गौरव बुढाथोकी, अर्पण कार्की ।

पोखरा थण्डर्स

नवयुग श्रेष्ठ (मार्की खेलाडी), अजित भण्डारी, अनिल गुरुङ, प्रविन कुमार स्याङ्तान, मानबहादुर तामाङ, दीप कार्की, दीपक गुरुङ, अजित प्रजापति, सुशिल राई, सुजल श्रेष्ठ, नितिन थापा, राजेश परियार, गौतम श्रेष्ठ, सुरज गुरुङ, सुजित बुढाथोकी ।

प्रतिक्रिया