मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

महान्यायाधिवक्ता खरेलद्वारा राजीनामा [पूर्ण पाठसहित]

काठमाडाैं । महान्यायाधिवक्ता अग्नि खरेलले पदबाट राजीनामा दिएका छन् । महान्यायाधिवक्ताको कार्यालयमा शुक्रबार पत्रकार सम्मेलन गर्दै खरेलले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् । खरेललाई राष्ट्रपति विद्यादेवी भण्डारीले २०७४ साल फागुन ८ गते महान्याधिवक्तामा नियुक्त गरेकी थिइन् ।

खरेल २०६४ र २०७० को संविधानसभा सदस्य तथा प्रधानमन्त्री केपी ओली नेतृत्वको अघिल्लो कार्यकालमा कानुनमन्त्री थिए । महान्यायाधिवक्ताको जिम्मेवारीमा रहनुअघि उनी एमालेको पोलिटब्युरो सदस्य थिए ।

प्रतिकृयाहरु
Loading...
Makalukhabar.com