सुनिल २ लाखमा बिराटनगरमा अनुबन्ध

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडी सुनिल बल नेपाल सुपर लिगका लागि बिराटनगर सिटी एफसीमा अनुबन्ध भएका छन् ।

काठमाडौमा चलिरहेको एनसीएलको बोलकबोलमा बिराटनगरले सुनिललाई २ लाख रुपैया पारिश्रमिकमा अनुबन्ध गरेको हो । यो बोलकबोलका लागि तोकिएको सर्वाधिक पारिश्रमिक हो ।

उनलाई बिराटनगरसहित, धनगढी एफसी र एफसी चितवनले २ लाख पारिश्रमिक खर्चन तयार भएका थिए । नेपालमा पहिलो पटक हुन लागेको फेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिगमा सात टिम छन् ।

प्रतिक्रिया