एनएसएलको अक्सन आज, १५८ खेलाडी सूचीमा

काठमाडौं । नेपाल सुपर लिग फुटबल (एनएसएल) प्रतियोगिताको अक्सन आज हुँदैछ । जसका लागि अखिल नेपाल फुटबल संघ एन्फाले अक्सनमा १५८ खेलाडीको नामवली सार्वजनिक गरेको छ ।

एन्फाले तीन श्रेणीमा विभाजन गरी खेलाडी सार्वजनिक गरेको हो । श्रेणी ए मा ३५ खेलाडी छन् । त्यस्तै, श्रेणी बी मा ६५ खेलाडी रहेका छन् । सी श्रेणाीमा भने ५८ खेलाडी छन् ।

पहिलो संस्करणमा सिंगल राउण्ड रोविनको आधारमा प्रतियोगिता सञ्चालन हुनेछ । दोस्रो संस्करणबाट भने डबल राउण्ड रोविनमा खेल हुने आयोजकले जानकारी दिएको छ ।

सात फ्रेन्चाइज टिमहरुमा विराटनगर सिटी एफसी, काठमाडौं रेजर्स, ललितपुर एफसी, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी एफसी र धनगढी एफसी रहेका छन् । प्रत्येक टिमले १४ जना खेलाडी अक्सनबाट अनुबन्धित गर्न पाउने छन् ।

त्यस्तै, एक खेलाडी भने टिमले मार्की खेलाडीको रुपमा राख्न पाउने छ । आगामी वैशाख ११ गतेदेखि २५ गतेसम्म चल्ने नेपाल सुपर लिगमा एक टिममा २० खेलाडी रहनेछन् ।

प्रतिक्रिया