एमाले संसदीय बोर्ड गठन, विधान संशोधन गर्न कार्यदल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय बोर्ड गठन भएको छ । बिहीबार बालुवाटारमा बसेको संसदीय बैठकले बोर्ड गठन गरेको हो ।

यस्तै दलको बैठकले संसदीय दलको विधान संशोधनसम्बन्धी प्रस्ताव तयार पार्न कार्यदलसमेत बनाएको छ । नेता महेश बस्नेतले दिएको जानकारीअनुसार बोर्ड र कार्यदल बनेको हो ।

नेता बस्नेतका अनुसार बोर्डमा २७ जना सांसद रहेको रहनेछन् । यस्तै विधान संशोधन कार्यदलमा प्रमुख सचेतक विशाल भट्टराई, पूर्व कानुनमन्त्री शेरबहादुर तामाङ र राष्ट्रिय सभा सदस्य विमला राई पौडेल रहेका छन् ।

यता ललितपुरस्थित हेरिटेज होटलमा दोस्रो दिनको राष्ट्रिय भेलामा व्यस्त विपक्षी एमालले भने त्यहीँबाटै बैठकमा नजाने निर्णय गरेको थियो ।

प्रतिक्रिया