चेल्सी क्वाटरफाइनलमा, एथ्लेटिको आउट

काठमाडौं– इंग्लिस क्लब चेल्सी च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको दोस्रो लेगमा चेल्सीले स्पेनिस क्लब एथ्लेटिको मड्रिडलाई २–० ले पराजित गरेसँगै समग्रमा ३–० को जीत हात पार्दै चेल्सीले अन्तिम आठमा स्थान बनाएको हो ।

बुधबार रातीको खेलमा घरेलु टिम चेल्सीलाई खेलको ३४ औं मिनेटमा हाकिम जियच र इमर्सन पालमिरीले गोल गरे ।

खेलको ८१ औं मिनेटमा स्टेफन साभिकले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि एथ्लेटिको मड्रिड १० खेलाडीमा सीमित बन्यो । एथ्लेटिको मड्रिड झनै दबाबमा आएको थियो ।

बुधबार राति नै भएको अर्को खेलमा बायर्न म्युनिकले लाजियोलाई हराउँदै क्वाटरफाइनलमा स्थान बनायो । योसँगै क्वाटरफाइनल समीकरण पूरा भएको छ ।

क्वाटरफाइनलमा चेल्सी, बायर्नसँगै, बोरुसिया डोर्टमुन्ड, पोर्टो, पिएसजी, लिभरपुल, रियल मड्रिड, म्यानचेस्टर सिटी र चेल्सी पुगेका छन् । युभेन्टस, सेभिया, बार्सिलोना, लाइपजिग, एटलान्टा, मोन्चेनग्लादबाख, लाजियो र एथ्लेटिको मड्रिड भने अन्तिम १६ बाटै बाहिरिएका छन् ।

प्रतिक्रिया