बायर्न च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

काठमाडौं । डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिख च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको दोश्रो लेगको खेलमा इटालियन क्लब लाजियोलाई २–१ ले हराएसँगै समग्रमा ६–२ को जित निकाल्दै क्वाटरफाइनलमा स्थान बनाएको हो । पहिलो लेगमा भने बायर्नले लाजियोलाई ४–१ ले हराएको थियो ।

दोस्रो लेगको खेलमा बायर्नलाई जिताउन खेलको ३३ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले पेनाल्टीबाट गोल गर्दै १–० गोलको अग्रता दिलाए । बायर्नले उनकै गोलमा पहिलो हाफसम्म बायर्नले १–० गोलको अग्रता लिएको थियो ।

७३ औं मिनेटमा एरिक म्याक्सिम मोटिङले गोल गरेपछि बायर्नले २–० गोलको अग्रता बनायो । खेलको ८२ औं मिनेटमा मार्को पारोलोले गोल गर्दै लाजियोलाई २–१ गोलको स्थितिमा पुर्याएपनि बायर्नलाई रोक्न पर्याप्त भने भएन ।

प्रतिक्रिया