सुमिना र सुष्मा वर्ल्ड बक्सिङ च्याम्पियनसिपमा छनौट

काठमाडौं । सुमिना खड्का आइवा युथ वर्ल्ड बक्सिङ च्याम्पियनसिपका लागि ६० केजी तौल समूहमा छनौट भएकी छिन् ।

आरडिएस क्लबकी सुमिनाले बक्समाडौंकी डेचेन शेर्पालाई अंकका आधारमा ४–१ ले हराउँदै छनोट भइन् । नेपाल बक्सिङ संघले आयोजना भएको छनोट प्रतियोगिताको ४८ केजी तौल समूहमा नक्शालकी सुष्मा तामाङ मंगलबार नै झापाकी सुस्मिता राईलाई अंकका आधारमा ३–२ ले हराउँदै छनोट भएकी थिइन् ।

छनौटमा नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले, बरिष्ठ उपाध्यक्ष अर्जुनबहादुर केसीलगायतको उपस्थिति रहेको थियो ।

आइवा युथ वर्ल्ड बक्सिङ च्याम्पियनसिप पोल्याण्डमा अप्रिल ११ देखि २३ सम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया