होलीमा किन लगाइन्छ सेतो पहिरन ?

एजेन्सी । होली रङ्गहरूकाे पर्व हाे । यो दिन सेतो रङ्गकाे पहिरनमा सजिएर एक अर्कामा रङ्ग लगाउँदै खुशीयाली बाँडिन्छ ।

होली पर्वमा महिलाले सेतो कुर्ता र पुरुषले सेतो रङ्गको कमिज लगाउने प्रचलन छ । पछिल्लो समय यो ट्रेन्ड अझै विस्तार भएको पाइन्छ । होली पर्वमा सेतो कपडा लगाउने ट्रेन्ड त छ तर यो किन लगाइन्छ भन्ने कमैलाई मात्रै थाहा हुन सक्छ ।

सेतो रङ्गलाई शान्तिको प्रतीक मानिन्छ । यो पर्व आपसी तिक्तता भुलेर मिलिजुली रमाइलो गर्ने पर्व पनि हो । मानिसहरु मानवता र भाइचारा दर्शाउनका लागि होलीमा सेतो कपडा लगाउँछन् ।

यो पर्व दुई दिनसम्म मनाइन्छ, जसमा पहिलो दिन होलिकाको दहन गरिन्छ । शास्त्रका अनुसार त्रेता यूगमा भगवान विष्णुका परम भक्त अर्थात् हिरण्यकश्यपुका पुत्र प्रहलादलाई उनकै फुपु हाेलिकाले आगोमा भष्म पार्न लाग्दा उनि आफैँ आगोमा भष्म भएकी थिइन्, त्यसकारण याे दिन होलिकाको दहन गरिन्छ ।

प्रहलाद त्यस समय भगवान विष्णुकै नाम जपिरहेका थिए, त्यसकारण उनी सुरक्षित रहेकाे विभिन्न किंवदन्ती पाइन्छ । होली पर्व असत्यमाथि सत्यको जीतको प्रतिक हो । सेताे रङ्ग पनि सत्यकाे प्रतिक हाे ।

सेताे रङ्गमा हरेक रङ्ग खुल्छ । साथै सेताे रङ्गले कुल लुक्स पनि दिन्छ, हरेकलाई सुहाउँछ पनि यो रङ्ग । त्यसकारण पनि मानिसहरू हाेलीमा सेताे रङ्गका कपडा लगाउन मन पराउँछन् ।

प्रतिक्रिया