खटिए खुला विश्वविद्यालयका प्राध्यापक र कर्मचारी

काठमाडौँ । खुला विश्वविद्यालयले सबै प्रदेशमा प्राध्यापक र कर्मचारी खटाएको छ । आफ्ना कार्यक्रमहरुलाई थप प्रभावकारी गुणस्तरीय प्राध्यापक र कर्मचारीहरुलाई सातवटै प्रदेशमा खटाएको हो ।

‘हरेक घरमा शिक्षा, हरेक नागरिक शिक्षितः समृद्ध नेपालका लागि सिक्षामा विकेन्द्रीकरण’ भन्ने नाराका साथ वरिष्ठ प्राध्यापकको नेतृत्वमा प्राध्यापक र कर्मचारीहरुलाई खटाइएको विश्वविद्यालयका अंग्रेजी शिक्षाका उपप्राध्यापक खेमराज जोशीले जानकारी दिए । उनका अनुसार सबैको शिक्षामा पहुँच गराउने उदेश्यले देशका सबै प्रदेशमा अभिमुखीकरण कार्यक्रम गरिनेछ ।

विश्वविद्यालयले प्रदेश-१ मा प्राध्यापक खगेन्द्र प्रसाईको नेतृत्वमा, प्रदेश-२ मा समाजशास्त्र तथा शिक्षाशास्त्र संकायका डीन प्राध्यापक रामचन्द्र पौडेलको नेतृत्वमा, बाग्मती प्रदेशमा उपप्राध्यापक कर्ण रानाको नेतृत्वमा, गण्डकी प्रदेशमा सहप्राध्यापक जीवन खड्काको नेतृत्वमा, लुम्बिनी प्रदेशमा उपप्राध्यापक रुमा मानन्धर र जीवन खनालको नेतृत्वमा टोलि खटाइएको हो । यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशमा उपप्राध्यापक खेमराज जोशी र सहायक प्राध्यापक प्रकाश पौडेलको नेतृत्वमा टोली खटाइएको छ ।

खुला विश्वविद्यालयले समाजशास्त्र तथा शिक्षा, व्यवस्थापन र कानुन, विज्ञान, स्वास्थ्य र प्रविधि अन्तर्गतका स्नातक, स्नातकोत्तर र एम फिल तहका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । अभिमुखीकरण कार्यक्रममार्फत विश्वविद्यालयले खुला तथा दुरशिक्षाका माध्यमबाट कसरी गुणस्तरीय शिक्षा र २१औं शताब्दीका सीप सिकाउन सकिन्छ भन्ने उदेश्य राखेको छ ।

प्रतिक्रिया