म्यानचेस्टर सिटी क्वाटरफाइनलमा प्रवेश

काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर सिटी च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा सिटीले जर्मन क्लब बोरुसिया मोन्चेनग्लादबाखलाई हराउँदै अन्तिम आठमा स्थान बनाएको हो ।

घरेलु टिम सिटीले च्याम्पियन्स लिगको अन्तिम १६ अन्तर्गत दोस्रो लेगमा मोन्चेनग्लादबाखलाई २-० ले हराएको हो । यसअघि भएको पहिलो लेगमा पनि सिटीले २-० ले नै हराएको थियो। समग्रमा सिटीले ४-० को जित निकाल्दै क्वाटरफाइनल यात्रा तय गरेको हो ।

खेलको सुरुमै दबाबमा आएको मोन्चेनग्लाबाखविरुद्ध सिटीका केभिन डे ब्रुयनले १२ औं मिनेटमा गोल गर्दै १-० को अग्रता दिलाए । १८ औं मिनेटमा सिटीका इल्के गुन्डोगनले गोल गर्दा मोन्चेनग्लाबाख २-० गोलले पछि रह्यो । पहिलो हाफमा नै २-० गोलको अग्रता बनाएको सिटीले यही अग्रतालाई कायमै राख्दै खेल जितेको हो ।

प्रतिक्रिया